भदौ महिनामा सुर्खेतमा दुर्घटनामा परि पाँचको मृत्यू, ६४ घाईते
सुर्खेत, ४ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भदौ महिनामा मात्रै पाँच जनाको सवारी दुर्घटनामा परि मृत्यू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीका अनुसार जिल्ला भर यो अवधीमा ४८ ओटा दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको हो भने ६४ जना घाईते भएका हुन । यी दुर्घटना मध्ये झण्डै ९४ प्रतिशत सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको उनको भनाई छ । कार्यालयले यो महिना ४८५ ओटा स्थानमा चेकजाँच गरेर ८५२ ओटा सवारी साधनलाई कारवाही गरि ८ लाख २९ हजार पाँच सय रुपैंया राजश्व संकलन गरेको छ । ‘हामीले ३१४ ओटा सचेतना कार्यक्रम गरेर ३१ हजार ५५१ जनालाई कक्षा दिएका छौँ भने रातो नम्बर प्लेटका २६ ओटा सवारी साधनलाई कारवाहीसमेत गरेका छौँ ।’ उनले भने, ‘एक सय १७ ओटा सवारी साधनको झ्यालमा राखेका कालो प्लाष्टिक हटाइएको छ भने १०१ ओभरलोड भएका सवारी सधानलाई कारवाही गरिएको हो ।’ उनका अनुसार अनलाईन मार्फत गुनासो आएका पाँच ओटा सवारी साधनलाई कारवाहीसमेत गरिएको हो ।
छठपछि सरकारविरुद्ध मेची महाकाली पैदल यात्रा गर्ने सांसद सिंहको घोषणा
सुभाष कायस्थ जनकपुरधाम, ४ असोज । मधेशको समग्र विकाससहित शान्ति र समृद्धिका लागि सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सांसद अमरेश सिंहले मेची महाकाली पैदल यात्रा गर्ने भएको छ । आउँदो छठ पर्वको सुर्योदयको अर्घदान दिइने पारणका दिनदेखि माघे संक्रान्तिसम्म पैदल यात्रा गर्ने जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने वर्षौदेखि मधेशलाई विभेदमा पारिएको थियो । वर्तमान रास्वपा नेतृत्वको सरकारसँग मधेशी जनताको धेरै नै अपेक्षा थियो । तर ती अपेक्षामाथि कुठाराघात भइरहेको छ । मधेशी जनताले अत्यधिक मत दिएर झण्डै दुई तिहाईसम्म पु¥याएपनि पुरानौ विभेदकारी कांग्रेस, एमाले र माओवादी पार्टी जस्तै नै निस्केकाले सरकारलाई सचेत गराउन मेची महाकाली पैदल यात्रा कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए । पत्रकारहरुको जिज्ञासामा कार्यक्रम बारे जानकारी दिदैँ नेता सिंहले भने ‘म मधेशलाई एउटा राईजिङ्ग सनको रुपमा हेर्न चाहन्छु । त्यसैले छठपूजाको दोश्रो दिन उदाउँदो सुर्यको पुजा गरिने दिनदेखि जनकपुरधामबाट प्रारम्भ गरिनेछ ।’ कार्यक्रम बारे थप्दै उनले भने ‘छठ समाप्तका दिन ऐतिहासिक पवित्र जलाशय गंगासागरमा स्नान गरी एउटा माटोको गाग्रोमा त्यसको माटो बालुवा र पानी लिई जानकी मन्दिरबाट यात्रा प्रारम्भ गरिनेछ । त्यहाँबाट मेची नदिमा पुगेर ती नदीको माटो, बालुवा र जल ती गाग्रोमा मिसाई पैदल यात्रा गर्दै माघे संक्रातिका दिन महाकाली पुगेर त्यसमा समर्पण गरिनेछ ।’ जनकपुरधामबाटै प्रारम्भ गर्नुको कारण बारे उनले भने यो परापूर्वकालदेखि ज्ञान तथा धर्मको भूमि रहेको छ । यहाँ गरिएको वाचा पुरा हुन्छ । त्यसैले यहीँबाट प्रारम्भ गर्ने अठोट लिएको बताए । उनले चुनावअघिको कुरा स्मरण गर्दै भने यसअघि निर्वाचनको बेला यहीँको तिरहुतिया गाछीमा मैले मधेशी अनुहारका बालेन्द्र साहलाई प्रधानमन्त्री बनाएर छाडछु । बनाउन सकेनौ भने आत्मदाह गर्छु भन्ने प्रण लिएका थिए । त्यो पुरा भएकाले, पैदल यात्राको उद्देश्य पनि पुरा हुनेछ ।’ मधेशलाई राईजिङ्गग सन अर्थात यहाँ शान्ति, समृद्धिसहित अधिकार सम्पन्न देख्न चाहेको हुँ । मधेशीलाई राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पहुँच, यहाँ मेडिलक कलेज, गाउँ गाउँमा सडक रोजागरको अवसर र मोडल एग्रीकल्चर व्यवस्थाका लागि यो पैदल यात्राको प्रमुख माग सरकारसँग रहेको उनले जानकारी दिए । सत्तारुढ दलकै सांसद भई सरकारको विरोध गर्नुको औचित्य बारे पत्रकारहरुले राखेको जिज्ञासमा नेता सिंहले भने ‘म पार्टी वा सरकारका व्यक्तिको होइन सरकारले मधेशी विरुद्ध गरेका विभेद जस्तै महोत्तरीको बर्दिबासको मेडिकल कलेज खारेज, हुलाकी सडकमा बजेटमा कन्ज्युस्याई, मधेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु, हालै नियुक्ति गरिएको राजदूत नियुक्तिमा विभेद सहित मधेशीलाई राम्रो मन्त्रालय नदिई विवाद उद्योग मन्त्रालय दिएर उनको राजनीतिक समाप्त पार्ने खेलको विरोध गरेको हुँ ।’
भिट्ठामोडबाट नक्कली नोटसहित एक युवक पक्राउ
जनकपुरधाम, ३ असोज । भारत-नेपाल सीमा क्षेत्रअन्तर्गत महोत्तरीको जलेश्वरस्थित भिट्ठामोड नाकामा भिट्ठा थाना प्रहरी र एसएसबीको संयुक्त टोलीले नक्कली भारतीय तथा नेपाली रुपैयाँसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । संयुक्त रूपमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका व्यक्तिको साथबाट भारतीय ३१ हजार ६१० हजार नेपाली रुपैयाको नक्कली नोट बरामद गरिएको जनाइएको छ । पक्राउ पर्नेमा नेपाल, महोत्तरी जिल्लाको रामगोपालपुर निवासी इसराफिल नदाफ, पिता रज्जाक नदाफ, पोस्ट अफिस कस्टम अफिस नजिक बस्ने व्यक्ति रहेको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानका क्रममा बरामद जाली मुद्राको स्रोत, यसको कारोबारमा संलग्न व्यक्ति तथा सम्भावित सञ्जालबारे थप जानकारी संकलन भइरहेको छ । घटनासम्बन्धी अनुसन्धान जारी रहेकाले यस कारोबारमा अन्य व्यक्तिको संलग्नता भए-नभएकोबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अर्बौको योजना कागजमै सीमित, बेरुजुको चाङ
२२ अंकले बढ्यो नेप्से, पौने सात अर्बको कारोबार
भदौमा वीरगञ्ज भन्सारले गर्याे साढे २३ अर्ब राजस्व संकलन
१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा
कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित
स्वास्थ्य संस्था सुधारको माग गर्दै १५ दिने अल्टिमेटम
ठूलो शल्यक्रिया नगरी मुटुका भल्भको उपचार अब नेपालमै सम्भव
चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: 'गोल्डेन विक' मा ३५० मिलियन डलर कमाउने लक्ष्य
रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?
काठमाडौँ, ३० भदौ । रसुवाको भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिंग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । भारत नेपालको विपतमा सबैभन्दा बढी भौतिक सहयोग गर्ने देश हो । बाढीमा अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हंगेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुईजना बेपत्ता भएका छन् । यस्तै, न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका ६, सिंगापुरका नौ, साउथ अफ्रिकाका ६, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्वीडेनका एकजना बेपत्ता छन्। लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटालीका दुई, चीनका ३७, भियतनाम एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराएका छन् । बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका हुन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए । हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार
सुर्खेत, ३० भदौ । हिन्दु र बाैद्ध धर्मावलम्वीको साझा धार्मिक स्थल हो काँक्रेविहार । काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ । काँक्रेविहार पहुँच मार्ग दयनीय भएको भएपनि यस क्षेत्रको अवलोकन गर्न वार्षिक रुपमा हजारौं धार्मिक पर्यटकहरु यहाँ आउने गर्दछन् । यो एक प्राचीन बौद्धविहारसमेत हो । १२औँ शताब्दीमा निर्माण भएको काँक्रेविहार विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोडेको छ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् । शिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दु र बौद्ध संस्कृतिको संगम देख्न पाइन्छ ।
चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर
बेइजिङ, ३० भदौ। अगस्ट महिनामा, ६४ वर्षीय वनस्पतिविद् झोउ याओ उत्तर-पूर्वी चीनको जिलिन प्रान्तस्थित चाङबाई पर्वतमा गरिएको अर्को एक स्थलगत अनुसन्धान यात्रा (Field Expedition) बाट फर्किए। झोउ तोङहुआ नर्मल युनिभर्सिटीका प्राध्यापक हुन्। उनी चार वर्षअघि सेवानिवृत्त भएका थिए र अहिले पुनः अनुबन्धका आधारमा सोही विश्वविद्यालयमा कार्यरत छन्। विगत चार दशकमा गरिएका अनगिन्ती यात्राहरू जस्तै, यसपटक पनि उनी आफ्नो क्यामेरा र हार्ड ड्राइभमा थप वनस्पतिहरूको तस्बिर सङ्ग्रह गरेर फर्किए। केही वनस्पतिहरू वर्षमा केही दिनका लागि मात्र देखा पर्छन्। अन्य कतिपय उच्च उचाइका जंगलहरूको भित्री भागमा हुर्कन्छन्। अझ कतिपयको पूर्ण जीवनचक्र अभिलेखीकरण गर्न वर्षौं वा दशकौँसम्मको अवलोकन आवश्यक पर्छ। झोउ आफ्नो कामलाई सरल रूपमा "प्रत्येक वनस्पतिको परिचय पत्र (ID Card) तयार पार्ने काम" भनी वर्णन गर्छन्। सन् १९८३ मा पहिलो पटक चाङबाई पर्वतमा पाइला टेकेयता, झोउले स्थलगत अनुसन्धानका क्रममा लाखौँ किलोमिटरको यात्रा गरेका छन्, दर्जनौँ जोर जुत्ता खिइएर काम नलाग्ने बनाएका छन्, ५ लाख २० हजारभन्दा बढी वनस्पतिका तस्बिरहरू खिचेका छन् और आठवटा प्राज्ञिक अनुसन्धानमूलक ग्रन्थहरू (Monograph) तयार पारेका छन्। कसै-कसैले उनको कामलाई प्राचीन चिनियाँ औषधीय ग्रन्थ 'बेन काओ गाङ मु' (Compendium of Materia Medica) को आधुनिक उत्तर-पूर्वी चिनियाँ संस्करणको रूपमा पनि व्याख्या गरेका छन्। तर झोउ आफूलाई यस्ता तथ्याङ्क वा सङ्ख्याका आधारमा चिनाउन रुचाउँदैनन्। उनले 'ग्लोबल टाइम्स' लाई बताएअनुसार उनको काम वास्तवमा निकै सरल छ: "म केवल प्रकृतिमा जे देख्छु, त्यसलाई सकेसम्म यथार्थपरक ढङ्गले भावी पुस्ताका लागि छोडेर जान चाहन्छु।" एउटै फलका लागि ३० वर्षको प्रतीक्षा झोउले एकपटक एउटा बोटको फलको तस्बिर लिन ३० वर्षसम्म प्रतीक्षा गरे। 'बन्चबेरी' (Bunchberry) नामको यो बोट चाङबाई पर्वतमा करिब १,५०० मिटरको उचाइमा पाइन्छ। सन् १९९३ मा जब उनले पहिलो पटक यो बोट देखे, उनले यसका फूलहरूको तस्बिर लिएर अभिलेखीकरण गरे। तर एक वनस्पतिविद्का रूपमा उनलाई थाहा थियो कि बोटको जीवनचक्रका हरेक चरण—अङ्कुरण र फुल्नेदेखि फल लाग्नेसम्म—ले फरक-फरक जानकारी दिन्छन्। फलको तस्बिर बिना त्यो अभिलेख सधैँ अपूर्ण रहन्थ्यो। त्यो बोट फेला पार्नु नै निकै कठिन काम थियो। यो सामान्यतया उच्च उचाइमा उम्रिन्छ, जहाँको हावा चिसो र ओसिलो हुन्छ, वर्षा धेरै हुन्छ र वाष्पीकरण कम हुन्छ। फूलहरू ओइलाएपछि प्रायः वर्षायाम सुरु हुन्छ, जसले गर्दा फल अभिलेखीकरण गर्न मिल्ने गरी लामो समयसम्म टिकिरहन गाह्रो हुन्थ्यो। दुई दशकभन्दा बढी समयसम्म उनी त्यसको खोजीमा पटक-पटक पहाडतिर गए, तर उनले चाहेको तस्बिर कहिल्यै लिन सकेनन्। त्यसपछि, सन् २०२३ मा उनले खबर पाए कि उत्तर-पूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित लेसर खिङगान पर्वतमा उक्त बोटमा प्रशस्त फल लागेको छ। त्यतिबेला झोउ आफ्ना विश्वविद्यालयका सहपाठीहरूसँगको ४०औँ वार्षिकोत्सव पुनर्मिलन कार्यक्रममा सहभागी हुने योजना बनाइरहेका थिए। उनीहरूले एकअर्कालाई नदेखेको वर्षौँ भइसकेको थियो र उनी त्यहाँ उपस्थित होऊन् भन्ने चाहन्थे। तर उनले आफ्ना सहपाठीहरूलाई दाजु "बिरामी" परेको भन्दै आफू आउन नसक्ने बताए; त्यसलगत्तै उनले आफ्ना उपकरणहरू प्याक गरे र फिल्डमा निस्किए। अन्ततः, उनले आफूले लामो समयदेखि प्रतीक्षा गरिरहेको तस्बिर प्राप्त गरे। "बोटबिरुवाहरू मानिसको प्रतीक्षा गर्दैनन्," उनले भने, "यदि तपाईंले एउटा अवसर गुमाउनुभयो भने, अर्को वर्षसम्म कुर्नुपर्ने हुन सक्छ।" झोउका लागि, बोटबिरुवाको तस्बिर खिच्नु भनेको पूर्णता प्राप्त गर्नु हो। आफ्ना वनस्पतिसम्बन्धी कामहरूमध्ये एउटामा, झोउले एउटै बोटको अभिलेखीकरण गर्न ३५ वटा तस्बिरहरूको प्रयोग गरेका थिए। सन् १९८३ मा—अहिले बन्द भइसकेको विश्वविद्यालयबाट स्नातक गरेलगत्तै—जब झोउले चाङबाई पर्वतको व्यवस्थित अन्वेषण सुरु गरे, त्यतिबेला चीनमा वनस्पतिसम्बन्धी स्रोतसाधनहरू तुलनात्मक रूपमा सीमित थिए। धेरैजसो अभिलेखहरू चित्र वा रेखाचित्रमार्फत सुरक्षित राखिन्थे। चित्रहरूले बिरुवाको सामान्य स्वरूप त उतार्न सक्थे, तर प्रकृतिमा त्यो वास्तवमा कस्तो देखिन्थ्यो भन्ने कुरालाई भने पूर्ण रूपमा उतार्न सक्दैनथे। उनले अध्ययन गरेको संस्थाबाट केही आर्थिक सहयोग त प्राप्त भयो, तर त्यो अपर्याप्त थियो। प्रायःजसो उनले आफ्नै खर्चमा काम चलाए; पहाड र जङ्गलहरूमा उपकरण बोकेर हिँडे र कहिलेकाहीँ त उपयुक्त क्षणको प्रतीक्षामा ओसिलो जङ्गलमा पूरै दिन बिताए। सन् २०२६ मा, आफ्नो स्थलगत अनुसन्धान (Fieldwork) लाई निरन्तरता दिन उनले अन्ततः वर्षौँदेखि जतन गरेर राखेका किताबहरू बेच्नुपर्ने भयो। जब उनका साथीहरू किताबहरू लैजान उनको अध्ययन-कक्षमा आए, उनले आफ्नो डायरीमा लेखे— "मलाई यस्तो महसुस भयो, मानौँ मेरो मुटुलाई चक्कुले काटिँदै छ।" यो कुनै सामान्य सङ्ग्रह थिएन। २५ किलोग्राम तौल भएको 'उत्तर-पूर्वी चीनका औषधीय वनस्पति स्रोतहरूको एटलस' (Atlas of Medicinal Plant Resources in the Northeast of China) नामक नौ-खण्डको कृतिले वर्षौँको स्थलगत अनुसन्धान र सङ्कलित अध्ययनको प्रतिनिधित्व गर्दछ। त्यसो भए तापनि, उनले आफ्नो यात्रा रोकेनन्। पछि उनले आफ्नो डायरीमा लेखे, "वैज्ञानिक अन्वेषण सधैँ एउटा यात्रा हो।"
अन्नपूर्णको चुचुरोमा अक्सिजन त्याग्ने दावा: हिमालबाट फर्किए, तर गुमाए आफ्नै सात औँला
काठमाडौं, २३ भदौ। संखुवासभाका २६ वर्षीय दावा नर्बु शेर्पा पेसाले पर्वतारोहण पथप्रदर्शक (माउन्टेन गाइड) हुन्। घरमा श्रीमती र दुई साना बालबालिकाको लालनपालन गर्ने मुख्य जिम्मेवारी उनकै काँधमा छ। हिमालयको काखमा डोरी र औजारहरूसँग खेल्दै परिवारको पेट पाल्दै आएका दावाको जीवन यसै वसन्त ऋतुमा अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा सदाका लागि बदलियो। १९ अप्रिल २०२६ का दिन दावा एक स्विस पर्वतारोहीलाई डोर्याउँदै अन्नपूर्णको चुचुरोतर्फ अघि बढ्दै थिए। शिखर नजिकै पुग्दा विदेशी क्लाइन्टको अक्सिजन सिलिन्डर रित्तियो। हिमालको मृत्यु क्षेत्र (डेथ जोन) मा अक्सिजन सकिनुको अर्थ सीधा मृत्यु हो। यस्तो परिस्थितिमा दावाले एक पल पनि नसोची आफ्नो अक्सिजन सिलिन्डर ती क्लाइन्टलाई सुम्पिए। उनलाई लागेको थियो, दुवै जना अलि छिटो ओर्लिएर 'क्याम्प ४' भन्दा माथि राखिएको अर्को सिलिन्डरसम्म पुग्न सकिने छ। क्लाइन्ट त शिखर छोएर अक्सिजनको सहारामा छिट्टै तल झर्न सफल भए तर अक्सिजनविहीन बनेका दावाको शरीरले बिस्तारै साथ छोड्न थाल्यो। अत्यधिक थकान र अक्सिजनको कमीले उनको गति सुस्त भयो। अन्नपूर्णको त्यो दुर्गम र अत्यधिक चिसो उचाइमा उनी एक्लै पर्न गए। बाटो बिराएपछि उनले आफूलाई 'फिक्स्ड रोप' अर्थात सुरक्षा डोरी नभएको जोखिमपूर्ण ठाउँमा पाए। अघि बढ्न नसकेपछि उनले त्यो डरलाग्दो रात खुला आकाशमुनि माइनस डिग्रीको कठ्याङ्ग्रिँदो चिसोमा बिताउनु पर्यो। त्यतिन्जेलसम्म उनका हातहरू सुन्न भइसकेका थिए। भोलिपल्ट कुनै न कुनै रूपमा बाटो फेला पारेर तल झर्दै गर्दा उनलाई गम्भीर 'फ्रस्टबाइट' अर्थात अत्यधिक चिसोले अङ्गमा पुर्याउने क्षति भइसकेको थियो। '८ के एक्सपिडिसन्स' का अनुभवी गाइड अशोक लामाले उच्च जोखिम मोलेर चलाएको उद्धार अभियानपछि दावालाई 'क्याम्प ३' हुँदै अस्पताल पुर्याइयो। विश्वकै खतरनाक हिमालबाट जीवित फर्कन त उनी सफल भए, तर त्यसको ठूलो मूल्य चुकाउनुपर्यो अर्थात चिकित्सकहरूले उनका हातका सातवटा औँलाहरू काट्नुपर्यो। भविष्यको अनिश्चितता र सहयोगको याचना जुन हातले डोरी समातेर पर्वतारोहीहरूलाई हिमाल चढाउँथे, तिनै हातका औँला गुमेपछि २६ वर्षीय यी पिताका अगाडि अब जीवनयापनको ठूलो प्रश्नचिह्न खडा भएको छ। "आफ्नो परिवारको पालनपोषण गर्ने पेसामा फेरि कहिल्यै फर्कन सकिएला कि नसकिएला?" भन्ने अनिश्चितताले उनलाई कहिलेकाहीँ पिरोल्छ। अहिले 'एभरेस्ट टुडे' ले दावाको यो त्याग र साहसिक कथालाई विश्वभरका पर्वतारोही समुदाय र संवेदनशील मनहरूसम्म पुर्याउने प्रयास गरिरहेको छ। संकलित सहयोग रकमबाट उनको उपचार, पुनर्स्थापना, कृत्रिम औँलाको व्यवस्थापन, छोराछोरीको शिक्षा र नयाँ जीविकोपार्जनको बाटो खोज्न खर्च गरिनेछ। अन्नपूर्णको चुचुरोमा अरूको ज्यान बचाउन आफ्ना सातवटा औँला आहुति दिएका दावाका साना छोराछोरीले ती औँलासँगै आफ्नो उज्ज्वल भविष्य पनि गुमाउन नपरोस् भन्ने आशा र प्रार्थना सबैको रहेको एभरेष्ट टुडेले जनाएकाे छ।
जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान
वडा अध्यक्षको सक्रियतामा १० हजार बिरुवा वितरण, प्रहरी कार्यालयमा वृक्षारोपण
मलखाधमा बदमासी गर्ने सहकारीलाई कारबाही गर्छौं: डिएसपी आचार्य
मध्यपूर्वमा तनाव र खराब मौसमले ट्रम्प चाँडै फर्किए ह्वाइट हाउस
तिब्बत पहिरो: ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता
बेइजिङ, ४ भदाैं । चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्। व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ। प्रभावित क्षेत्रमा २३ वटा विभिन्न देशका २६१ जना विदेशी नागरिकहरू समेत परेको र उनीहरूको स्थिति अझै अज्ञात रहेको बताइएको छ। घटनापछि चीन सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्र खोज तथा उद्धार गर्न विशेष दक्षता हासिल गरेका विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आपत्कालीन उद्धार सामग्रीहरू नेपालतर्फ परिचालन गरिएको छ। यसै गरी यातायात तथा पहुँच मार्ग सहज बनाउन चीनले ३२० टन बराबरको 'बेली ब्रिज' का पाटपुर्जाका साथै अन्य ठूलो मात्रामा राहत सामग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी छ।
इरान-समर्थित हुथी लडाकुले गरे साउदी राजधानी रियादमा आक्रमण
रियाद, ४ असोज । यमनका इरान-समर्थित हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादका साथै लाल सागरको तटमा रहेका ऊर्जा केन्द्रहरूलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकी नष्ट गरेको बताएका छन्; यद्यपि, उनीहरूले अन्य कुनै आक्रमण वा हताहतीको भने पुष्टि गरेका छैनन्। यसअघि, साउदी राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेका इन्धन ट्याङ्कीहरूबाट कालो धुवाँको मुस्लो उठिरहेको देखिएको थियो, जसका कारण शनिबार केही समयका लागि उडानहरू अवरुद्ध भएका थिए। जुलाई महिनामा इरान-समर्थित हुथीहरूले साउदी अरबमाथि आक्रमण बढाएयता राजधानीमा पहिलो पटक हवाई आक्रमणको चेतावनी (साइरन) बजाइएको थियो। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका अमेरिकी नागरिकहरूलाई "सतर्क रहन तथा सम्भावित उडान रद्द र यात्रासम्बन्धी अन्य अवरोधहरूका लागि तयार रहन" आग्रह गरेको छ। एक विज्ञप्तिमा भनिएको छ, "इरान-समर्थित हुथीहरूले नागरिक विमानस्थललगायत साउदी अरबविरुद्ध शत्रुतापूर्ण गतिविधिहरू सञ्चालन गरेका छन्। यो सैन्य द्वन्द्व तीव्र रूपमा बढ्ने सम्भावना छ।" विज्ञप्तिमा अमेरिकीहरूले "यस क्षेत्रको यात्रा गर्ने वा यस क्षेत्र भएर यात्रा गर्ने निर्णयमा गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने" कुरा पनि उल्लेख गरिएको छ। साउदी नेतृत्वको गठबन्धनका एक आधिकारिक प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार, हवाई प्रतिरक्षा प्रणालीले बिश , ताइफ (Taif), फरासान र यान्बु सहरहरूमा "नागरिकहरूलाई लक्षित गर्ने शत्रुतापूर्ण प्रयासहरू" लाई पनि विफल पारेको छ। अनलाइनमा जारी गरिएको एक विज्ञप्तिमा हुथी सैन्य प्रवक्ता याह्या अल-सारियाले रियादका "संवेदनशील स्थलहरू" र तटीय सहर यान्बुमा रहेको सरकारी तेल तथा ग्यास कम्पनी 'अरामको'का संरचनाहरूमा आक्रमण गर्न "ठूलो सङ्ख्यामा ब्यालिस्टिक तथा क्रुज मिसाइल र ड्रोनहरू" प्रयोग गरिएको बताएका छन्। उनले यी आक्रमणहरू यमनको राजधानी साना (जुन हाल हुथीहरूको नियन्त्रणमा छ) लाई लक्षित गर्ने "साउदी शत्रुको आपराधिक प्रयासको जवाफ" स्वरूप गरिएका हुन् भनी थपे। यसअघि, सारियाले साउदी अरबमाथि गत साता यमनभर ३०० पटक आक्रमण गरेको आरोप लगाएका थिए। हुथीहरू साउदी अरबको समर्थन प्राप्त यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारसँग गृहयुद्धमा संलग्न छन्। उनीहरूले हालैका महिनाहरूमा साउदी अरबभित्रका विभिन्न स्थानहरूमा आक्रमण गरेका छन् र यसै साता यमनको आकाशमा साउदी लडाकु विमान खसालेको जिम्मेवारी पनि लिएका छन्। जसले यमनको गृहयुद्धमा संलग्न दुवै पक्षका सैन्य स्रोतहरूलाई उद्धृत गर्दै भनेकाे छ, निबार हुथी र साउदी-समर्थित सरकारी फौजबीच भएको भिडन्तमा ४८ जनाको ज्यान गएको छ। समाचार अनुसार हुथीहरूले आफ्ना ३१ जना लडाकु मारिएको बताएका छन् भने सरकारी स्रोतहरूले आफ्नो पक्षका १७ जना सैनिकले ज्यान गुमाएको जनाएका छन्। शुक्रबार संयुक्त राष्ट्रसङ्घको निकाय 'इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन' ले हालैको भिडन्तका कारण विस्थापित हुने मानिसहरूको सङ्ख्या १ लाख ४ हजार ७ सय ९६ नाघेको जानकारी दिएको छ।
अमेरिका र डेनमार्कले गरे ग्रिनल्यान्डको सुरक्षासम्बन्धी सम्झौता
काठमाडाैं, ४ असोज। अमेरिका र डेनमार्कले ग्रिनल्यान्डको सुरक्षासम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि उत्पन्न कूटनीतिक विवादलाई समाधान गरेको छ। नाटोले यो सम्झौताले यस क्षेत्रमा स्थिरता कायम गर्न मद्दत पुर्याउने बताएको छ। ट्रम्पका अनुसार, यस सम्झौताअन्तर्गत डेनमार्कले अमेरिकालाई उक्त अर्ध-स्वायत्त डेनिस भूभागमा "सुरक्षा तथा अन्य सबै आवश्यकताहरूमाथि स्थायी नियन्त्रण" प्रदान गर्नेछ। डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले "सुरक्षा सुदृढ पार्ने" उद्देश्यले गरिएको यस सम्झौताको स्वागत गरेका छन्। उनीहरूका अनुसार अर्को साता यसमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ, यद्यपि उनीहरूले सम्झौताका विस्तृत विवरणहरू भने सार्वजनिक गरेका छैनन्। राष्ट्रिय सुरक्षा चासोका कारण ग्रिनल्यान्डलाई "आफ्नो नियन्त्रणमा लिने" ट्रम्पको महिनौँ लामो धम्कीपछि यो सम्झौता आएको हो। उनले प्रतिरक्षाका लागि ग्रिनल्यान्डको रणनीतिक अवस्थिति र त्यहाँ रहेको खनिज सम्पदालाई यसको कारणका रूपमा अघि सारेका थिए। सम्झौताको कुनै पनि लिखित विवरण सार्वजनिक गरिएको छैन। 'ट्रुथ सोसल'मा गरिएको एक पोस्टमा ट्रम्पले भनेका छन् कि यो सम्झौता "अमेरिकाका लागि कुनै लागतबिना" भएको हो र यसले अमेरिकालाई "ग्रिनल्यान्डको सुरक्षा सुनिश्चित गर्न र रक्षा गर्न" आवश्यक कदम चाल्ने अधिकार प्रदान गर्नेछ। उनले बताएअनुसार सम्झौतामा एउटा यस्तो प्रावधान पनि समावेश छ जसअनुसार अमेरिकाको कुनै पनि विरोधी पक्षले "हाम्रो स्पष्ट लिखित स्वीकृतिबिना" ग्रिनल्यान्डमा सैन्य उपस्थिति कायम राख्न वा "संवेदनशील लगानी" गर्न पाउने छैन। नाटोका एक प्रवक्ताले यस सैन्य गठबन्धनले सम्झौताको स्वागत गरेको बताए। उनले भने कि यसले "यस महत्वपूर्ण क्षेत्रमा सुरक्षा, स्थिरता र सहयोगलाई अघि बढाउन मद्दत गर्नेछ"। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले तीनै पक्षका लागि "राम्रो सम्झौता हुने सम्भावना देखिएकोमा आफू खुसी भएको" बताइन्। यो सम्झौतामा अर्को साता संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनसँगको संयुक्त विज्ञप्तिमा उनले भनिन् कि यो सम्झौताले "आर्कटिक र उत्तरी एट्लान्टिक क्षेत्रमा हाम्रो साझा सुरक्षालाई सुदृढ पार्छ" र साथै "राज्यको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई पनि मान्यता दिन्छ"। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, हस्ताक्षर भइसकेपछि पनि यो सम्झौता कार्यान्वयनमा आउनका लागि "आवश्यक संसदीय प्रक्रियाहरू" पूरा गर्नुपर्ने हुन्छ। निल्सनले भने, "ग्रिनल्यान्ड, डेनमार्क अधिराज्य, संयुक्त राज्य अमेरिका र पश्चिमी गठबन्धनको सुरक्षा सुनिश्चित तथा सुदृढ गर्ने सम्झौता गर्न लाग्नु सन्तोषजनक कुरा हो, यस सम्झौताले ग्रिनल्यान्डको हित र अन्तर्राष्ट्रिय सहयोगमा हाम्रो स्थानलाई मान्यता दिन्छ। यो हामी सबैको हितमा छ," उनले भने। ट्रम्पले रुस र चीनजस्ता विरोधीहरूबाट खतरामा रहेको तर्क गर्दै उक्त अर्ध-स्वायत्त क्षेत्र खरिद गर्ने वा गाभ्ने प्रयास महिनौँसम्म गरेका थिए। यस वर्षको सुरुतिर ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिनेबारे उनले बारम्बार राखेको मागले ग्रिनल्यान्डवासी, डेनिस नागरिक र अन्य नाटोसदस्यहरू माझ तीव्र असन्तुष्टि निम्त्याएको थियो। अहिले यो संकट समाधान भएको आशा गरिएको छ; कतिपय डेनिस सञ्चारमाध्यमले यस सम्झौतालाई देशको कूटनीतिमा प्राप्त भएको एक मौन तर महत्त्वपूर्ण सफलताका रूपमा व्याख्या गरेका छन्।
एसपी प्रभातले गरे छापामारीको रकम हिनामिना गरेका चार प्रहरी जवान बर्खास्त
रौतहट, १ असोज । मधेश प्रदेश संग जोडिएको भारत बिहार मोतीहारी प्रहरी प्रमुख आईपी एस अफिसर एसपी शवर्ण प्रभातले कडा एक्सन लिएका छन्। छापामारीका क्रममा बरामद भएको नगद रकम हिनामिना गरेको आरोपमा चार जना प्रहरी जवानलाई सेवाबाट बर्खास्त गरेका छन्। एसपी स्वर्ण प्रभातले विभागीय कारबाहीपछि प्रहरी जवानहरू सिपाही नम्बर ९४० का सन्तोष कुमार, ६७२ का गौतम यादव, ६३३ का कृष्ण कुमार र १४ का ओमप्रकाशलाई सेवाबाट बर्खास्त गर्ने आदेश जारी गरेका हुन्। गोविन्दगञ्ज थाना क्षेत्रअन्तर्गत रढिया गाउँमा एक मुद्दाका अभियुक्त चन्दन सिंहको घरमा प्रहरीले छापामारी गरेको थियो। सो क्रममा बरामद भएको एउटा झोलाबाट रकम निकालेर गायब पारेको आरोप ती चार प्रहरी जवानमाथि लागेको थियो। अनुसन्धानका क्रममा उनीहरूले ३ लाख रुपैयाँ झिकेर प्रहरीको गाडीमा लुकाएको खुलेको थियो। पछि उक्त रकम बरामद गरिएको थियो। त्यसपछि चारै जना प्रहरी जवान र बरामद ३ लाख रुपैयाँको विधिवत् बरामदी मुचुल्का तयार गरिएको थियो। घटनाबारे साहेबगञ्ज थाना, मुजफ्फरपुरमा काण्ड नम्बर ६९१/२०२५ अन्तर्गत प्राथमिकी दर्ता गरिएको थियो। प्राथमिकीपछि चारै जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको थियो। आपराधिक मुद्दासँगै प्रहरी विभागले पनि उनीहरूमाथि विभागीय कारबाही अघि बढाएको थियो। विभागीय प्रक्रियाका क्रममा चारै जनासँग स्पष्टीकरण मागिएको थियो। तर उनीहरूले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको विभागले जनाएको छ। विभागीय अनुसन्धान पूरा भएपछि एसपी स्वर्ण प्रभातले बिहार सरकारी सेवक नियमावली तथा प्रहरी हस्तकमा प्राप्त अधिकार प्रयोग गर्दै चारै जना प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेका हुन्। प्रहरी विभागले उक्त कारबाहीलाई संगठनभित्र अनुशासन कायम राख्ने तथा वित्तीय अनियमितताका घटनामा शून्य सहनशीलताको नीतिअनुसार गरिएको कदमका रूपमा लिएको छ। आपराधिक मुद्दामा पक्राउ परी न्यायिक हिरासतमा पठाइएका चारै जनाको विभागीय प्रक्रिया पनि पूरा भएपछि उनीहरूको प्रहरी सेवा औपचारिक रूपमा समाप्त भएको छ। विभागले प्रहरी सेवामा वित्तीय अनियमितता, भ्रष्टाचार वा अनुशासनहीनता देखिए नियमअनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ।
फुटबल र टेबल टेनिसको सङ्गम 'टेकबल' एसियाली खेलकुदमा डेब्यु गर्दै
यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी
काठमाडौं, ४ असोज। एसियाली खेलकुद (एसियाड) खेल हिजाेवाट सुरू भएकाे छ । जापानकाे जापानको आइची-नागोयामामा एक भब्य कार्यक्रमका बिचमा उदघाटन भएकाे छ । जसअनुसार अहिलेसम्म चीन, मकाउ, कजाकिस्तान, जापान, दक्षिण काेरिया र कम्बाेडियाले एक एक स्वर्ण पदक हासिल गरिसकेका छन् । सन् २०१० को ग्वाङ्झाउ एसियाडमा नेपालले २० खेलमा १४० खेलाडी सहभागी गराएको थियो भने जापानको आइची-नागोयामा असोज ३ देखि १८ गतेसम्म जारी २० औँ एसियाडमा नेपालले २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी कुल १३५ खेलाडी सहभागी गराउँदै छ। प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडीहरूको नामावली: १) आर्चरी (२) तिलक पुन मगर (रिकर्भ पुरुष व्यक्तिगत / मिक्स्ड टिम) ज्ञानु अवाले (रिकर्भ महिला व्यक्तिगत / मिक्स्ड टिम) २) एथलेटिक्स (६) खडकबहादुर खड्का (म्याराथन) राजन रोकाया (१० हजार मिटर र म्याराथन) मुकेशबहादुर पाल (१५ सय मिटर र ५ हजार मिटर) सोमबहादुर कुमाल (८ सय मिटर) सन्तोषी श्रेष्ठ (५ हजार मिटर र १० हजार मिटर) पूर्णलक्ष्मी न्यौपाने (१५ सय मिटर र ५ हजार मिटर) ३) ब्याडमिन्टन (४) क्षितिज खनाल (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) प्रफुल महर्जन (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) रसिला महर्जन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) रिहाना शेरचन (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) ४) बक्सिङ (७) दानबहादुर दर्लामी (पुरुष ७० केजी) रवीन नेपाल (पुरुष ९० केजी) खगेन्द्र रोकामगर (पुरुष ६० केजी) चन्द्रबहादुर थापा (पुरुष ५५ केजी) अस्मिता दुवाल (महिला ५४ केजी) रमिशा श्रेष्ठ (महिला ५१ केजी) कुसुम तामाङ (महिला ६५ केजी) ५) क्रिकेट (१५) दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल। ६) साइकलिङ (२) नवराज न्यौपाने (पुरुष क्रस कन्ट्री) उषा खनाल (महिला क्रस कन्ट्री) ७) गल्फ (४) सद्भाव आचार्य (पुरुष व्यक्तिगत र टिम) सुवास तामाङ (पुरुष व्यक्तिगत र टिम) राहुल विश्वकर्मा (पुरुष व्यक्तिगत र टिम) तारा कार्की (महिला व्यक्तिगत) ८) जुडो (६) विकास विक (पुरुष ६० केजीमुनि र मिक्स्ड टिम) सुजन गुरुङ (पुरुष ९० केजीमुनि र मिक्स्ड टिम) विशेष विक (पुरुष ६६ केजीमुनि र मिक्स्ड टिम) निशा श्रेष्ठ (महिला ४८ केजीमुनि र मिक्स्ड टिम) देवकीमाया श्रेष्ठ (महिला ५२ केजीमुनि र मिक्स्ड टिम) पुनम श्रेष्ठ (महिला ७० केजीमुनि र मिक्स्ड टिम) ९) कबड्डी (२४) पुरुष: सुरज बोहरा, आदित्य चौधरी, प्रकाश गिरी, अशोक जोशी, संस्कार कुमार, कुमार लामा, गणेश पाकी, करुन रसाइली, घनश्याम रोकामगर, रवी थारु, सागर यादव र अंकु पुन। महिला: मानमती विष्ट, रवीना चौधरी, जयन्ती बदु, गंगा घिमिरे, खिममाया खत्री, मनिषा जोशी, मीना नेपाली, विनिता पण्डित, नानुमाया पराजुली, मेनुकाकुमारी राजवंशी, सिर्जनाकुमारी थारु र आस्मा यादव। १०) कराते (८) काता: सानुमाया थिङ (व्यक्तिगत र टिम काता), अलिशा रास्कोटी मगर (टिम काता), मेघा लिम्बू (टिम काता)। कुमिते: राकेश मानन्धर (५५ केजीमुनि), मिनबहादुर तामाङ (६० केजीमुनि), तेन्जिङ शेर्पा (८४ केजीमाथि), निरुपा डोङ तामाङ (६८ केजीमुनि), एरिका गुरुङ (६८ केजीमाथि)। ११) क्यानोइङ (२) विजय माफी (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के-१) आशिष रानामगर (पुरुष कायाक क्रस र क्यानोइङ स्लालम के-१) १२) स्केटबोर्डिङ (२) गजेन्द्र बर्देवा (पुरुष स्ट्रिट) शरद राई (पुरुष स्ट्रिट) १३) सफ्ट टेनिस (४) प्रदीप खत्री (पुरुष सिङ्गल्स र टिम) कमलबहादुर भण्डारी (पुरुष सिङ्गल्स, टिम र मिक्स्ड डबल्स) ब्रिजेश पाण्डे (पुरुष टिम) जर्जिया चौधरी (महिला सिङ्गल्स र मिक्स्ड डबल्स) १४) स्क्वास (२) अरहन्त केशर सिंह (मिक्स्ड डबल्स) विपना ब्लोन (मिक्स्ड डबल्स) १५) पौडी (५) डुवाना लामा (महिला १०० र २०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्ट्रोक) आर्या महर्जन (महिला १०० मिटर फ्रिस्टाइल र ५० मिटर ब्याकस्ट्रोक) अभिव प्रधान (पुरुष १०० मिटर फ्रिस्टाइल र ५० मिटर बटरफ्लाइ) एर्भिन श्रेष्ठ (पुरुष ५० र १०० मिटर फ्रिस्टाइल) जादेन श्रेष्ठ (पुरुष १०० मिटर ब्याकस्ट्रोक र ५० मिटर ब्रेस्ट्रोक) १६) टेबल टेनिस (६) नविता श्रेष्ठ (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) इभाना थापा (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) योङ्गी पौडेल (महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) रुवीन महर्जन (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) संयोग कपाली (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) गणञ्जय दाहाल (पुरुष सिङ्गल्स, डबल्स, टिम र मिक्स्ड डबल्स) १७) तेक्वान्दो (३) अभिषेक बराल (पुरुष क्योरुगी ८० केजीमुनि) युवराज राना (पुरुष व्यक्तिगत पुम्से यु-३०) स्वस्तिका तामाङ (महिला व्यक्तिगत पुम्से यु-३०) १८) टेनिस (५) प्रदीप खड्का (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) निशान श्रेष्ठ (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) अभिषेक बास्तोला (पुरुष सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) सिभाली गुरुङ (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) स्वस्तिका विष्ट (महिला सिङ्गल्स, डबल्स र मिक्स्ड डबल्स) १९) भलिबल (१२) निरुता ठगुन्ना, सलिना श्रेष्ठ, उषा नाथ, सुमित्रा रेग्मी, मिना सुनार, सुनिता खत्री, वसन्ती साउद, आरती सुवेदी, प्रगति नाथ, सलिना बुढामगर र रीमा कुँवर। २०) कुस्ती (६) सुरेश चुनरा (पुरुष ७४ केजी) निखिलराज पटेल (पुरुष ८६ केजी) राज यादव (पुरुष १२५ केजी) रामकिशोर यादव (पुरुष ६५ केजी) सुशिला चन्द (महिला ६२ केजी) सिवाङ्गी दुवे (महिला ५७ केजी) २१) उसु (१०) विजय सिञ्जाली (पुरुष चाङ्सुएन) हरिप्रसाद गोले (पुरुष ताइजीक्वान अल राउन्ड) राजीव तामाङ (पुरुष दाओसु/गुन्सु) सुस्मिता तामाङ (महिला चाङ्सुएन) रोहित चुनारो (पुरुष सान्डा ५६ केजी) अमर सुनार (पुरुष सान्डा ६५ केजी) सञ्जीव महर्जन (पुरुष सान्डा ७५ केजी) दीपक हमाल (पुरुष नानक्वान अल राउन्ड) रिता ठकुल्ला (महिला सान्डा ६० केजी) सबिता राई (महिला ताइजीक्वान अल राउन्ड)
ब्राइटनको १२५औँ वार्षिकोत्सवमा शानदार जित:
काठमाडौँ, ४ असोज । इङ्ग्लिस क्लब ब्राइटनको १२५औँ वार्षिकोत्सव समारोह ऐतिहासिक र अविस्मरणीय बनेको छ। विशेष रूपमा तयार पारिएको 'स्मृति-जर्सी' लगाएर मैदानमा उत्रिएको फाबियन हर्जेलरको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आर्सनललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ। एमेक्स स्टेडियममा ३१,९४४ दर्शकको कीर्तिमानी उपस्थितिमा भएको उक्त खेलमा ब्राइटनका लागि पास्कल ग्रोसले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सकिनै लाग्दा चारालामपोस कोस्टोउलासले दोस्रो गोल गरे भने दोस्रो हाफमा चेमा आन्ड्रेसले हेडरमार्फत तेस्रो गोल थपे। खेलपछि बोल्दै मुख्य प्रशिक्षक हर्जेलरले भने, "यो एक विशेष खेल थियो। इङ्गल्याण्डको सायद सबैभन्दा उत्कृष्ट टोलीविरुद्ध खेलेकाले मात्र होइन, खेलाडीहरूले देखाएको उच्च तीव्रता र प्रदर्शनका कारण मलाई टोलीप्रति साँच्चै गर्व छ।" लगभग गुमनामीको अवस्थाबाट युरोपसम्मको यात्रा तय गरेको 'सीगल्स' (ब्राइटनको उपनाम) को यो यात्रा अद्भुत मानिन्छ। यसअघि, ९ नोभेम्बर २०२३ मा अजाक्स (Ajax) विरुद्धको युरोपा लिग खेलअघि तत्कालीन प्रशिक्षक रोबर्टो डे जेर्बीले समर्थकहरूको उपस्थितिलाई स्मरण गराउँदै टोलीलाई हौसला दिएका थिए। क्लबमा झन्डै तीन दशक बिताएका अधिकारीहरूका अनुसार आयाक्सजस्तो 'युरोपेली फुटबलको प्रतिष्ठित क्लब' विरुद्ध खेल्नु र सफलता हात पार्नु ब्राइटनका लागि कुनै अविश्वसनीय सपनाभन्दा कम थिएन।
शिन जियालाई पछाडि पार्दै नीना पेट्रोकिनाले जितिन् लोम्बार्डिया ट्रफी
काठमाडौँ, ४ असोज। इटालीको बर्गामोस्थित आइसल्याब एरिनामा शनिबार सम्पन्न 'आईएसयू च्यालेन्जर सिरिज लोम्बार्डिया ट्रफी' मा निना पेट्रोकिनाले महिला फिगर स्केटिङको उपाधि जितेकी छिन्। उनले कुल २१०.४१ अंक प्राप्त गर्दै सिन जियालाई १.१५ अंकले पछि पारिन्। दुई पटककी युरोपेली च्याम्पियन एस्टोनियाली खेलाडी पेट्रोकिनाले शुक्रबारको 'सर्ट प्रोग्राम' मा ७७.२० अंकको व्यक्तिगत उत्कृष्ट प्रदर्शनसहित अग्रता लिएकी थिइन् र 'फ्री स्केट' मा १३३.२१ अंक थपिन्। सिनले फ्री स्केटमा १३४.३३ अंकका साथ जित हासिल गरिन् भने घरेलु खेलाडी लारा नाकी गुटम्यान समग्रमा २०२.७४ अंकसहित तेस्रो भइन्। सिनले १८ जना प्रतिस्पर्धीमध्ये १७औँ स्थानमा (पेट्रोकिनाभन्दा ठीक अघि) स्केटिङ गरेकी थिइन् र सर्ट प्रोग्रामको नतिजाका कारण उनले २.२७ अंकको अन्तर पूरा गर्नुपर्ने अवस्था थियो। दक्षिण कोरियाली खेलाडी सिनले प्राविधिक पक्षमा आफ्नी प्रतिद्वन्द्वीभन्दा बढी अंक (६९.७२ विरुद्ध ६६.३३) प्राप्त गरिन्, तर पेट्रोकिनाको 'प्रोग्राम कम्पोनेन्ट्स' (कलात्मक पक्ष) को अंक ६६.८८ थियो, जुन सो चरणमा सबैभन्दा बढी हो। पेट्रोकिनाको सर्ट प्रोग्रामको नतिजाले जनवरीमा शेफिल्डमा भएको युरोपेली च्याम्पियनसिपमा उनले बनाएको ७०.६१ अंकको कीर्तिमानलाई उछिन्यो। यद्यपि, उनको कुल विजयी अंक शेफिल्डमा प्राप्त २१६.१४ अंकभन्दा कम छ, जुन अझै पनि उनको व्यक्तिगत उत्कृष्ट नतिजाका रूपमा कायम छ। गुटम्यान दुवै चरणमा तेस्रो भइन्। यी इटालियन खेलाडीले शेफिल्डमा पेट्रोकिनापछि युरोपेली च्याम्पियनसिपको कांस्य पदक जितेकी थिइन्; उनी सन् २०१८ मा क्यारोलिना कोस्टनरपछि युरोपेली एकल स्पर्धाको पोडियममा पुग्ने पहिलो इटालियन महिला हुन्। पेट्रोकिना 'मिलानो कोर्टिना २०२६' (ओलम्पिक) मा सातौँ स्थानमा रहेकी थिइन्, जुन एस्टोनियाली फिगर स्केटिङ खेलाडीको उत्कृष्ट ओलम्पिक नतिजा हो। साथै, उनी यसै वर्षको सुरुमा प्रागमा भएको विश्व च्याम्पियनसिपमा पनि सातौँ स्थानमा रहेकी थिइन्। लोम्बार्डिया प्रतियोगिता २०२६/२७ को आईएसयू च्यालेन्जर सिरिज क्यालेन्डरमा समावेश १३ वटा प्रतियोगितामध्ये चौथो हो।
फिफा अध्यक्षसँग 'हिस्सा बिक्री योजना' का कागजात सार्वजनिक गर्न माग
काठमाडौं, २ असोज — इङ्लिस फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र पठाउँदै विश्वकपको स्वामित्वको केही हिस्सा बिक्री गर्ने विवादास्पद योजनासँग सम्बन्धित सबै कागजातहरू सार्वजनिक गर्न माग गरेकी छिन्। पत्रमा हेविटले अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको आगामी बैठकअघि नै ती कागजातहरू उपलब्ध गराउनुपर्ने शर्त राखेकी छिन्। साथै, अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लगाइएको निलम्बन फुकुवा गरिनुको लिखित स्पष्टीकरण पनि फिफा काउन्सिलले पाउनुपर्ने उनको भनाइ छ। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमलाई समेत सम्बोधन गरिएको उक्त पत्रमा विश्व फुटबलको सर्वोच्च निकायभित्र सुशासनको अभाव र सांगठनिक संस्कृतिमा ह्रास आएको आरोप लगाइएको छ। 'फिफा फर्वाड इन्टरप्राइज' प्रस्ताव रद्द भएपछि अध्यक्ष इन्फान्टिनोमाथि दबाब बढ्दै गएको छ, एफएफई योजनाअन्तर्गत विश्वकप लगायतका सम्पूर्ण प्रतियोगिताहरूको व्यावसायिक तथा टिकटसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी खडा गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने योजना थियो। तर, विभिन्न राष्ट्रिय फुटबल संघहरूको व्यापक विरोधपछि उक्त प्रस्ताव खारेज गरिएको थियो। हेविटको पत्रमा एफएफईको अवधारणा कसरी र कसद्वारा तयार पारियो तथा निजी लगानीका लागि कसरी टेन्डर आह्वान गरियो भन्ने विषयमा स्वतन्त्र समीक्षा हुनुपर्ने उल्लेख छ। यसै विषयलाई लिएर गत महिना युरोपेली फुटबल महासंघले एफएफई योजनाका विरुद्ध अमेरिकाका तीनवटा अदालतमा फौजदारी कानुनी कारबाहीको प्रक्रिया सुरु गर्दै सम्पूर्ण कागजात सार्वजनिक गर्न माग गरेको थियो। यसको जवाफमा फिफाले युइएफएमाथि आफ्नो नेतृत्वविरुद्ध "बदनाम गर्ने अभियान" चलाएको आरोप लगाएको थियो। ५६ वर्षीय इन्फान्टिनो आगामी मार्चमा चौथो कार्यकालका लागि फिफा अध्यक्षको निर्वाचनमा उम्मेदवार बन्दैछन्।