भर्खरै
बाग्मती प्रदेश
2 days ago
चेंचु संक्रान्ति महोत्सव २०२६ प्रदीप खनाललाई विशेष अभिनन्दन
समाज
2 days ago
नदीजन्य पदार्थ भारत निकासी गरेर चुरे जोगाउने मधेशका मुख्यमन्त्रीको जुक्ति
राजनीति
2 days ago
सनातनी संवैधानिक राजसंस्था स्थापना मागसहित बालुवाटार घेराउको आह्वान
राजनीति
5 days ago
कांग्रेसको वर्तमान संकटमा सबै पक्ष संयमित रहन जनसम्पर्क समितिका सभापतिहरूको अपिल
कला
6 days ago
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं  अधिवेशन महोत्तरीको बर्दिवासमा हुने
समाज
1 week ago
५ लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र
समाजसेवीदेखि जनप्रतिनिधिसम्मको श्रमदानमा सहभागिता

मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ।   अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ।   श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क थप आकर्षक बनेको छ। स्थानीय युवादेखि समाजका वरिष्ठ नागरिकसम्मको सक्रियता देखिएको थियो।   “श्रमदान अभियानले सरसफाइ मात्र होइन, समाजलाई एकजुट गराउने शक्ति बोकेको छ,” स्वतन्त्र नागरिक समाजका अध्यक्ष ललिल बहादुर लिम्बुले बताउनुभयो। उहाँले प्रत्येक सातामा सहभागिता बढ्दै गएको र यसले अभियानलाई निरन्तर र प्रभावकारी बनाउन सहयोग पुर्याइरहेको उल्लेख गरे ।   यसअघि पनि समाजले विभिन्न स्थानमा श्रमदान गर्दै सार्वजनिक स्थल सफा गर्ने र वातावरण संरक्षणको सन्देश फैलाउँदै आएको छ। वडाअध्यक्षसहितका जनप्रतिनिधिले यस्तो अभियानले स्थानीय तहमा सकारात्मक ऊर्जा थपेको र सामुदायिक स्वामित्व बढाएको प्रतिक्रिया दिएका छन्।     स्थानीय बासिन्दाले श्रमदानलाई निरन्तरता दिनु जरुरी रहेको भन्दै आफ्नो सक्रिय सहभागिता जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अभियानका संयोजकहरूले आगामी दिनमा अन्य सार्वजनिक स्थलमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने योजना बनाएको जानकारी दिएका छन्।   लेटाङमा निरन्तर भइरहेको श्रमदानले “सफा पार्क, सुन्दर लेटाङ” मात्र होइन, सामुदायिक चेतना र सहकार्यलाई पनि मजबुत बनाइरहेको छ।

काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा

सञ्जय मिश्रा रौतहट, ५ असोज ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।   भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।   मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।   गाडी चालक भने प्रहरी देख्ने वित्तिकै फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको  प्रवक्ता  कार्कीले जानकारी दिएका छन्।   हालैको जेन–जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करी पुनः सक्रिय गर्न खोजेको थियो। तर प्रहरीको सक्रियताले पक्राउ परेका छन्।

प्रमुख खबर
राजनीति
इक्यान नेतृत्व चयन : अध्यक्षमा भुसाल, महासचिवमा हुमागाईं

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी पुस २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दिपकराज भुसालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे ठोस एजेन्डा सार्वजनिक गर्दै नयाँ नेतृत्वको दाबी प्रस्तुत गरेका हुन् ।   उम्मेदवारी घोषणासँगै भुसालले आफ्नो टिमलाई सक्षम, सबल र इमान्दार समूहका रूपमा चित्रण गर्दै सदस्यहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने प्रतिबद्धता जनाए । 'इक्यानलाई सेवामुखी, व्यावसायिक रूपमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय प्लेटफर्मका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो,' उनले भने ।   उनका अनुसार सदस्य सेवा, व्यावसायिक प्रतिष्ठा, नेतृत्व क्षमता र संस्थागत स्थिरता उनको समूहका प्रमुख आधार स्तम्भ हुन् । ७०० भन्दा बढी इक्यान सदस्यहरूको व्यवसायिक विश्वसनीयता बढाउँदै विश्वस्तरमा प्लेटफर्म निर्माण गर्नु नै आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता हुने भुसालले बताए ।   भुसालकै टिमबाट महासचिव पदमा भवनाथ हुमागाईंले उम्मेदवारी दिएका छन् । हाल इक्यान सचिवका रूपमा कार्यरत हुमागाईंले लामो समयदेखि शैक्षिक परामर्श व्यवसायको नवीकरण, नियमन र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।   हुमागाईंले संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय, एकीकृत कार्यप्रणाली स्थापना तथा शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गराउन नेतृत्वदायी भूमिका खेलेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले भने, 'इक्यानलाई अब रणनीतिक सोच, निर्णय गर्न सक्ने निर्णायक नेतृत्व र सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम अभिभावकत्व चाहिएको छ, त्यो क्षमता हाम्रो टिमसँग छ ।'   टिम घोषणासँगै भुसाल समूहले अनुभव, निरन्तरता, कार्यक्षमता र इमान्दारितालाई आफ्नो प्रमुख शक्ति भएको दाबी गरेको छ । सदस्यहरूका लागि विश्वसनीय व्यावसायिक वातावरण निर्माण गर्दै इक्यानलाई एकताबद्ध, सुदृढ र अन्तर्राष्ट्रिय रूपमा सम्मानित संस्थाका रूपमा रूपान्तरण गर्ने रोडम्यापसहित अघि बढेको भुसाल टिमले जनाएको छ ।   निर्वाचन नजिकिँदै गर्दा इक्यान वृत्तमा भुसाल–हुमागाईं नेतृत्वको समूहलाई बलियो, दूरदर्शी र नैतिक टिम का रूपमा हेरिएको छ । सदस्य हित र व्यवसायिक मर्यादाको पक्षमा निरन्तर सक्रिय रहँदै आएको यो समूहले संघभित्र रूपान्तरण र विश्वास पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

एमाले मुगुद्धारा पराजित कार्की सहित ६ जनाको नाम सिफारिस 
संविधानले दिएको हक कसैले रोक्न सक्दैन : प्रधानमन्त्री कार्की
स्वास्थ्य
मन्त्री प्रदीप पौडलको दबाबमा वीर अस्पतालकी महिला आर्थोपेडिक सर्जनको सरुवा
बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान
मिक्लाजुङ अस्पताललाई ल्याब उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
पर्यटन
माेरङकाे काल्बुङ्ग झरना आन्तरिक पर्यटकको रोजाइमा
तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

विनोद भट्टराई तेह्रथुम - तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू-भागमा अवस्थित सुन्दर जिल्ला हो। यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ। हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ। मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ। आङ्दिमको शिरमा रहेको यो पोखरी कोशी राजमार्ग हुँदै गाडीबाट धनकुटाको सिधुवा बजारदेखि सिधुवा-शुक्रबारे सडकखण्ड हुँदै चारमाने चोक आइपुग्न सकिन्छ। त्यस्तै, छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे-सिधुवा सडकखण्ड हुँदै चारमाने चोकसम्म करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ। पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ, जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुने गर्दछ। पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ। मार्गा पोखरीको प्राकृतिक विशेषता मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन। वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ। पोखरीको पानी क्रिस्टलजस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ। स्थानीय जनविश्वास अनुसार यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किम्बदन्ती छ। यो पोखरीको आकृति गोलाकारजस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन्। चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शितलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ। यहाँ आउने जोकोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ। धार्मिक र सांस्कृतिक महत्व मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ। यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ। जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। टाढा-टाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, ब्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन्। यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्ती भएकाले पोखरीको नजिकै पूर्वकै पहिलो मालिङ गुम्बासमेत रहेको छ। शेर्पा समुदायको खानपान संस्कार संस्कृति रीतिरिवाज समेत यस क्षेत्रमा हेर्न पाइने गरेको छ। स्थानीय जनविश्वास अनुसार यस पोखरीमा स्नान गरेमा पापमोचन हुन्छ र सच्चा मनले मागेको वरदान अवश्य पूरा हुन्छ। यसैले धेरै धामी-झाँक्री, साधक तथा साधारण भक्तजनले पनि यहाँ आएर तपस्या, ध्यान र पूजा गर्ने परम्परा रहेको छ। संरक्षण र प्रवर्द्धनको अवस्था पछिल्लो समय गाउँपालिकाको पहलमा पोखरीमा केही पूर्वाधार विकासका कामहरू भएका छन्। पदमार्ग निर्माण, विश्रामस्थल, शौचालय तथा खानेपानीको सुविधा केही हदसम्म उपलब्ध गराइएको छ। पोखरी वरिपरि फोहोर नफाल्नका लागि सचेतना पनि फैलाइएको छ। तर, यथेष्ठ संरक्षण तथा दिगो व्यवस्थापनको खाँचो अझै देखिन्छ। पछिल्लो समय पोखरीको पानी अलिकति घटेको भन्ने स्थानीयको भनाइ छ। यसले गर्दा पर्यावरणीय सन्तुलनमा असर पर्ने सम्भावना छ। पोखरी वरपरका झाडी हटाउने, थप वृक्षारोपण गर्ने, आगन्तुकका लागि व्याख्या केन्द्र बनाउने, धार्मिक मेलाको व्यवस्थापन व्यवस्थित बनाउने जस्ता कार्यहरू तत्काल गर्न आवश्यक छ। पर्यटकीय सम्भावना यो पोखरी केवल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको स्थल हो। पोखरीको वातावरण अत्यन्त रमणीय छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। पहाडबाट देखिने रमाइला दृश्य, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र ऐतिहासिकता मिसिएको यो पर्यटकका लागी स्थान एक आदर्श गन्तव्य बन्न सक्छ। कोशी प्रदेश सरकार र स्थानीय तहले यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना ल्याउन सके यहाँ होमस्टे सञ्चालन, गाइड तालिम, स्थानीय उत्पादनको प्रवर्द्धन, धार्मिक पर्यटनको विकास लगायत विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पर्दछ। मार्गा पोखरी तेह्रथुम जिल्लाको एक अनुपम पर्यटकीय र धार्मिक स्थल हो। यसको संरक्षण र प्रवद्र्धनले छथर गाउँपालिकाको मात्र नभइ सिंगो जिल्लाको पहिचान निर्माणमा योगदान पुर्‍याउन सक्छ । यहाँका प्रमुख सुधारका क्षेत्रहरू -स्थायी संरचना (पैदलमार्ग निमार्ण, धर्मशाला, पार्किङ निर्माण -विज्ञापन तथा प्रचारप्रसारको अभाव अन्त्य हुनु पर्दछ। -स्थानीय गाइड तथा होमस्टे व्यवस्थापनको तालिम स्थानीयलाई प्रदान गर्नुपर्ने देखिन्छ। -पर्यावरणीय संरक्षणका लागि बृक्षरोपण, फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ। -वार्षिक मेलालाई व्यवस्थित ढंगले आयोजना गर्ने र गराउने कार्यलाई प्राथमिकता प्रदान गर्नुपर्ने देखिन्छ। मार्गा पोखरी केवल पोखरी मात्र होइन, यो प्राकृतिक वरदान, धार्मिक आस्था र पर्यटन सम्भावनाको त्रिवेणी हो। यसलाई संरक्षित गर्दै विकास गर्ने हो भने छथर गाउँपालिकाको मुख्य आम्दानीको स्रोत बन्नेमा दुईमत छैन। साथै तेह्रथुमको समग्र पहिचान नै पर्यटकिय स्थलको मुख्य केन्द्रको रुपमा प्रस्तुत गर्न सकिन्छ।   

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु

काठमाडौं, ६ जेठ ।  ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ।   नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो।   रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे।   पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको प्रदर्शनी उद्घाटन समारोहको विशेष अतिथिमा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे रहेका थिए। कार्यक्रममा रोल्पाबाट आएर काठमाडौंमा बसोबार गरिरहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु तथा कलाकार, पत्रकार, पर्यटनकर्मी, साहित्यकारलगायतको उपस्थित रहेको थियो।   प्रदर्शनीमा फोटोपत्रकार पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, पर्यटन र इतिहास झल्काउने ३० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ।   साहित्यकार सुमन थापा ‘संगम’ले सञ्चालन गरेको उद्घाटन समारोहमा स्वागत मन्तव्यमार्फत वरिष्ठ पर्यटनपत्रकार अमृत भादगाउँलेले फोटो प्रदर्शनीबारे जानकारी दिएका थिए। त्यसपछि सम्बोधन गरेका टानका अध्यक्ष पाण्डे प्रदर्शनी सफलताको शुभकामना दिए।   प्रमुख अतिथि पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धको केन्द्रको रुपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महोत्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो संकलनहरु यहाँ प्रदर्शनीमा आएका छन्। मलाई खुसी लागेको छ।’   पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।   त्यस्तै फोटोपत्रकार बल्कुरामले संघीय राजधानी काठमाडौंमा आफूले खिचेका तस्बिरहरु देखाएर रोल्पाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै एकपटक रोल्पामा घुम्न निम्तोसमेत दिए। प्रदर्शनी आगामी बुधबारसम्म जारी रहनेछ। प्रदर्शनी अवधिभर विभिन्न व्यक्तिहरुको उपस्थितिमा रोल्पाको पर्यटन विकासबारे चर्चा हुने आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालले जानकारी दिएको छ।

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

काठमाडौं, ४ जेठ। ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ।   ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो।   प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो।   फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ।   फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्।   फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो। उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन्। साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन्।   उनी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन्। उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन्।   उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन्।   उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्।   यिनै पर्यटन विकास र प्रवर्द्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन्।

पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं, २२ बैशाख । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।   नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ । ‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दिपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’   बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतवाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतवाट मात्रै २५ हजार ९३३, अमेरिकावाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।   साथै, उत्तरी छिमेकी मुलुकवाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने  बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।   पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना बिभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।  

कृषि
मधेशमा मौरीपालन सम्बन्धि अवसर तथा चुनौती बारे कार्यशाला गोष्ठी सम्पन्न
लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित
उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता
अर्थ
भारी अंकले बढ्यो सुनको मूल्य
दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने
बालेनको नाकै मुनी दिनहुँ नाराबाजीसहित कबाड व्यावसायीको आन्दोलन
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट
कोरियावाट प्रबिधि हस्तान्तरणसहित दक्ष जनशक्ति बिकासमा सहयोग हुनुपर्छ: श्रम मन्त्री
शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको सचिवत्रयलाइ निर्देशन
इम्बोस्ड नम्बर प्लेटको यसअघिको निर्णयवाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै
सिरहा सीमामा प्रहरी–तस्कर गठजोडः भन्सार छलीको धन्दाले राजश्व घट्यो
उर्जा मन्त्रीद्वारा देशकै सबभन्दा ठूलो अन्तर्देशीय प्रसारण लाइनको स्थलगत निरीक्षण
मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन
साउदी अरबवाट पनि श्रम बैधानिकीकरण सुरू
बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन
विज्ञान/प्रविधि
भेटियो २० करोड बर्ष पुरानो, डायनासाेर भन्दा अघिकाे 'रूख छेपारो'को जिबाष्मा
मंगलग्रहमा भेटियो ‘डायनोसरको अन्डा’, बैज्ञानिकहरू थप अनुसन्धान गर्दै
फेसबुकको मालिकले गरे सुरक्षामा एकै बर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति ?
अब एआईमा हुनेछ तीन वर्षमा मानवजस्तै चेतना, बढनेछ ‘एआई साइकोसिस’ समस्या
चीनमा परिक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (तस्विरहरू)
थाइल्याण्डमा पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो
टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन
चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर
अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?
चिनियाँ बैज्ञानिकको दावी, 'पृथ्वीको कयौं किलोमिटर मुनी पनि जीवहरू बाँचिरहेका छन्'
अन्तर्राष्ट्रिय
इजरायली हमलामा हुथी प्रधानमन्त्रीको मृत्यु, अन्य मन्त्री पनि मारिएको दावी
४० देशवाट तेल आयात गर्ने भारतले निर्यात चाँही कुन कुन देशमा गर्छ ? जान्नुहोस्

नयाँ दिल्ली, १४ भदौं । रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् ।    भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै पनि देशलाई तेल किन्न बाध्य पार्न नसकिँने जनाइसकेको अवस्था छ ।   खासमा भारत विश्वको तेस्रो तेल आयातकर्ता र निर्यातकर्ता देश हो। तथ्याङ्कले देखाउँछ कि भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशतसम्म अन्य देशबाट आयात गर्छ। भारतले विश्वका ४० देशबाट तेल आयात गर्छ र त्यहाँबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थ उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रलाई टेवा पु¥याउन मद्दत गरेको छ।   भारतमा कच्चा तेलको उत्पादन निकै कम छ । देशका कतिपय ठाउँमा तेल पाइन्छ । जस्तो कि यसमा असम, पश्चिमी अपतटीय र राजस्थान, गुजरात, मुम्बई हाई र कृष्णा गोदावरी बेसिन समावेश छ। तर, भारतका धेरै भागमा तेलको ठूलो भण्डार रहेको अध्ययनले देखाएको छ । जसको खोजी अझै पनि भइ नै रहेको छ ।   भारतले तेल किन्ने विश्वका ४० देशमध्ये रुस शीर्ष स्थानमा छ । भारतले सन् २०२४ देखि रुससँग तेलको व्यापार बढाएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको डिसेम्बरमा रुस भारतलाई सबैभन्दा बढी तेल निर्यात गर्ने देश थियो । देशमा आयात हुने कच्चा तेलको करिब एक तिहाइ रुसबाट आएको थियो।   रूसबाट कच्चा तेलको आपूर्ति दर वार्षिक रूपमा २५ प्रतिशत बढेर ३.९२ बिलियन अमेरिकी डलर पुगेको छ। तथ्यांकअनुसार रुसबाट कच्चा तेल आयात गत वर्ष नोभेम्बरमा ३.६१ अर्ब डलरको तुलनामा ८ प्रतिशतले बढेर १०.५ अर्ब डलर पुगिसकेको छ । भारतले यस बाहेक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत, नाइजेरिया, मेक्सिको र ओमान,  ब्राजिल, क्यानडा, गुयाना र सुरिनामवाट भारतलाई तेल आयात गर्छ ।   अब प्रश्न उठ्छ कि भारतले ४० देशबाट कच्चा तेल आयात गरेपछि के गर्छ ? भारतले तेल कच्चा तेल आयात गरे पनि यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थको रूपमा अन्य देशलाई बिक्री गर्ने गर्छ। अर्थात् कच्चा तेल प्रशोधन र प्रशोधन गरेपछि अन्य देशमा निर्यात गर्छ ।    भारतले विश्वका धेरै देशलाई पेट्रोलियम पदार्थ निर्यात गर्छ। जसमा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्ड्स, अष्ट्रेलिया, युरोपेली देश र दक्षिण अफ्रिका पर्छन् । भारतबाट प्रशोधित तेल खरिद गर्नेमा युरोपेली देश शीर्ष स्थानमा रहेका छन्।   भारतले कच्चा तेललाई परिष्कृत गर्दछ र विभिन्न क्षेत्रमा प्रयोग हुने उत्पादनहरू तयार गर्दछ। यसमा उच्च गतिको डिजेल, पेट्रोल (मोटर स्पिरिट), इन्धन तेल, हवाई टर्बाइन इन्धन र मट्टितेल समावेश रहेका छन् । यी पेट्रोलियम उत्पादनहरू दैनिक जीवन र यातायातमा प्रयोग गरिन्छ। यसबाहेक, तिनीहरूले बिजुली उत्पादन, विमान, सैन्य वाहन र पनडुब्बीमा पनि प्रयोग भइरहेका छन् ।  

खेल
कर्णाली यशभिसबाट 'एभरेस्ट महिला भलिबल लिग' खेल्ने ३ महिला खेलाडी नेपाल आइपुगे
ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने 'एभरेस्ट महिला भलिबल लिग'मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्। सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन्। खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन्। आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चान्टाभाले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। उनले आफू आबद्ध कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने गरी खेल्ने बताइन्। कर्णाली यशभिसले ब्राजिलियन दुई खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ। उनीहरू सोमबार साँझ नेपाल आइपुग्ने जनाइएको छ। महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको कर्णाली यशभिसले प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिदै लिगको अन्तिम तयारी गरिरहेको छ।

नेपाली महिला टोलीले घरेलु टोली भुटानसँग भिडदैँ

काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।    भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न्  लागिरहेको हो ।   सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ । सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र भूटान प्रतियोगिताबाट बाहिरि सकेका छन् । यो खेल औपचारिकताका लागि मात्र हुनेछ ।    प्रतियोगितामा अपराजित रहेको भारतले पाँच खेलमा १५ अङ्क जोडेर उपाधि जितेको हो भने दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलबाट १० अङ्क जोडन सफल भएको छ। नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क रहेको छ । आजै भारत र बंगलादेश बिच पनि प्रतिस्पर्धा हुदैँछ ।  

शिक्षा
पाटन क्याम्पसले मनायो ७२ औँ वार्षिकोत्सव
प्रभावकारी बन्दै 'शिक्षासँगै सिप कार्यक्रम', बिधालय शिक्षा पुरा गरे पछि सिपसहित निस्कने
फतुवा–विजयपुरमा विद्यालय कर्मचारीको तलब वृद्धि माग
अष्ट्रेलियन एजुकेशन फेयर आजदेखि, अष्ट्रेलियाकै कलेजका प्रतिनिधि उपस्थित 
ग्यालरी
भिडियो
परराष्ट्र मन्त्री साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता

काठमाडाैं, १९ पुस । पराराष्ट्र मन्त्री एनपी साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता भएकाे छ ।   दरबारमार्गस्थित हाेटल याक एन्ड यतीमा दुइ समकक्षीका बिचमा भेटबार्ता भएकाे हाे ।

शुन्य समयमा बोल्दै सांसदहरु

शुन्य समयमा बोल्दै सांसदहरु

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी