प्रदेश नम्बर एक र मण्डली पाल्पा विजयी 

न्युज कारखाना 

काठमाडौं, १४ मंसिर

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु भएको छ । 

मंगलबार नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको पहिलो दिनको खेलमा प्रदेश नम्बर एक रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।

प्रदेश एकले रोल्पालाई २५–१६,२५–२० ले हरायो । यसैगरी पाल्पाले सिवाडोल भक्तपुरमाथि २५–२२, २५–२३ को सफलता पायो ।

जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरूको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले १ लाख ११हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता नकआउटको आधारमाहुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपिस्थित हुने प्रावधान छ  ।

Follow Us